जहाजमा मुसा भेटिएपछि बुद्ध एयरले भन्यो-‘लगेज राम्ररी प्याक गर्नू’

buddha air-atr 72
फाइल तस्वीर

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।

बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।

आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ ।

कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।

हकप्रद सेयर जारी गर्न अरुण भ्याली हाइड्रोपावरले पायो अनुमति Read Previous

हकप्रद सेयर जारी गर्न अरुण भ्याली हाइड्रोपावरले पायो अनुमति

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४ प्रतिशत घट्यो Read Next

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४ प्रतिशत घट्यो