हकप्रद सेयर जारी गर्न अरुण भ्याली हाइड्रोपावरले पायो अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको हो ।

कम्पनीले हाल काय चुक्ता पूँजीको १:१ सेयर अनुपातमा हकप्रद सेयर विक्री गर्ने प्रस्ताव गरेको छ । सो अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रदबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण र ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली बी १ क्यासकेड जलविद्युत आयोजना को ऋण तिर्न प्रयाेग गरिने  जनाएको छ ।

हाल १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

आयोगबाट स्वीकृति पाएसँगै अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति र कम्पनीको साधरण सभाले पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अघि बढ्ने छ ।

निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी Read Previous

निर्माणको ३५ वर्षपछि बनेपा बसपार्क सञ्चालनको तयारी

जहाजमा मुसा भेटिएपछि बुद्ध एयरले भन्यो-'लगेज राम्ररी प्याक गर्नू' Read Next

जहाजमा मुसा भेटिएपछि बुद्ध एयरले भन्यो-'लगेज राम्ररी प्याक गर्नू'