जेठ १८ गतेदेखि आइपीओ बिक्री गर्दै रावा इनर्जी

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड ४३ लाख ६६ हजार ७०० रुपैयाँ बराबरको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर विक्रीमा ल्याउने भएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा जेठ २२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ३२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँद छ ।

कम्पनीले निर्माण गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत्ले आयोजनाले २०७७ असोज १४ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यसको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४ प्रतिशत घट्यो Read Previous

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४ प्रतिशत घट्यो

'तामाकोसी-५' जलविद्युतको लगानी जुट्यो, सञ्चय कोष एक्लैले १३.७४ अर्ब लगानी गर्ने Read Next

'तामाकोसी-५' जलविद्युतको लगानी जुट्यो, सञ्चय कोष एक्लैले १३.७४ अर्ब लगानी गर्ने