राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, हकप्रद जारी गरेर पूँजी पुर्‍याउने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा डाकेको छ । कम्पनी संचालक समितिको जेठ २ गतेको बैठकले जेठ २२ गते वार्षिक साधरण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा हुनेछ । कम्पनीले सभामा हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव लैजाने भएको छ ।

नेपाल बीमा प्राधिकरणको २०७८ चैत ११ गतेको निर्देशन अनुसार संस्थापक सेयरधनीहरु (नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक)लाई हकप्रद सेयरमार्फत पूँजी थप गर्ने सम्बन्धी विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

नेपाल बीमा प्राधिकरणले पछिल्लो पटक थप गरेको म्याद अनुसार आगामी असार मसान्तसम्म जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

हाल राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजी हाल १८ करोड १० लाख २० हजार रुपैयाँ छ । तोकिएको चुक्ता पूँँजी पु‍र्याउन कम्पनीले ४ अर्ब ८१ करोड ८९ लाख ८० हजार रकम पूँजी थप गर्नुपर्ने छ ।

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका १८ सुरुङ खनिए Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका १८ सुरुङ खनिए

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट