करिब ९ अर्ब चुक्ता पूँजी भएको बैंकको नाफा ५ खर्ब !

काठमाडौं । थोरै चुक्ता पूँजीमा पनि उल्लेख्य मुनाफा कमाउन सकिन्छ भन्ने उदाहरण बनेको छ स्टेट बैंक अफ इन्डिया (एसबीआइ) ।

व्यापार व्यवसायका आधारका भारतकै सबैभन्दा ठूलो रहेको यो बैंकले १ वर्षमा ५ खर्ब बढी खुद नाफा कमाएको छ । जबकि चुक्ता पूँजी ८ करोड ९२ लाख ४६ हजार रुपैयाँ मात्र छ ।

हालै प्रकाशित वित्तीय विवरण अनुसार एसबीआइले आर्थिक वर्ष २०२३ मा ५ खर्ब २ अर्ब ३२ करोड भारु खुद नाफा कमाएको हो । समक्षा अवधिमा एसबीआइको मुनाफा ५८.५८ प्रतिशतले बढेको हो । बैंकले सन् २०२२ को चौथो त्रैमाससम्म ३ खर्ब १६ अर्ब भारु नाफा कमाएको थियो ।

बैंकले चौथो त्रैमासमा मात्रै १ खर्ब ६६ अर्ब ९५ करोड भारु खुद नाफा गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको अन्तिम ३ महिनाको तुलनामा ८८.१८ प्रतिशत धेरै हो ।

सन् २०२२ को तुलनामा २०२३ मा बैंकको खुद ब्याज आम्दानी १९.९९ प्रतिशतले बढेर १४ खर्ब ४८ अर्ब भारु पुगेको छ । चौथो त्रैमासमा मात्रै बैंकले ४ खर्ब ३ अर्ब ९३ करोड भारु खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षका लागि बैंकको इक्विटीमा प्रतिफल (आरओई) १९.४३ प्रतिशत छ । प्रतिसेयर फेस भ्याल्यू १ भारु मात्र रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५७५ भारु छ ।

अब पाल्पाबाट पनि चालक अनुमतिपत्र नवीकरण Read Previous

अब पाल्पाबाट पनि चालक अनुमतिपत्र नवीकरण

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत