काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
यी सबै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।
नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत अर्थात् १३ लाख २६ हजार ६२६.१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, लक्ष्मी लघुवित्तको १५ प्रतिशत (१५ लाख ७६ हजार ८१ कित्ता), इन्फिनिटी लघुवित्तको २० प्रतिशत (८ लाख २९ हजार २६.५६ कित्ता) र सबैको लघुवित्तको १८ प्रतिशत (४ लाख ८६ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत चारै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।