अब पाल्पाबाट पनि चालक अनुमतिपत्र नवीकरण

पाल्पा । सवारी चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो ।

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नवीकरणको काम थालेको छ ।

तानसेन नगरपालिका-७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नवीकरणको काम थालिएको प्रमुख सुनारले बताए ।रासस

हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण Read Previous

हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

करिब ९ अर्ब चुक्ता पूँजी भएको बैंकको नाफा ५ खर्ब ! Read Next

करिब ९ अर्ब चुक्ता पूँजी भएको बैंकको नाफा ५ खर्ब !