काठमाडौं । सरकारले वातावरणीय ह्रास नआउने गरी ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकराले चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणमा असर नपर्ने गरी ढुंगा, गिट्टी, वालुवा लगायत वस्तु उत्पादन र निर्यातको सम्भावना खोजी गर्ने घोषणा गरेको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले यस्तो घोषणा गर्दा चौतर्फी विरोध भएको थियो । साथै, अदालतमा मुद्दा परेपछि सर्वोच्च अदालतले सो नीति कार्यान्वयनमा रोक लगाएको थियो ।