पूर्वाधार निर्माण २ सिफ्टमा गरिने, तयारी पूरा गरेका आयोजनाले मात्र बजेट पाउने

काठमाडौं । सरकारले राष्ट्रिय पूर्वाधार गुरु योजना तयार गरी पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक लगानीमा संशोधन, जलमार्ग र हवाईका लागि एकीकृत राष्ट्रिय योजना तथा राष्ट्रिय यातायात नीति तर्जुमा गरिने बताएका हुन् ।

यस्तै पूर्वाधार निर्माणमा २ सिफ्टमा काम हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रमा उल्लेख छ । यस्तै, सरकारले आयोजना निर्माणका लागि आवश्यक सबै पूर्व तयारीका चरण पूरा गरेका आयोजनालाई मात्र बजेट दिने भएके छ ।

रणनीतिक तथा व्यापारीक राजमार्ग, पूर्वापश्चिम राजमार्ग निर्माणलाई निरन्तरता दिनुका साथै हुम्ला÷जुम्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने उनले बताए ।

कर्णाली प्रदेशलाई पूर्वाधार निर्माणमा प्राथमिकतामा राखिनुका साथै फाष्टट्रयाक निर्माण २०८३ भित्र सम्पन्न गरिने उनले बताए ।

राष्ट्रिय राजमार्ग र रणनीतिक सडक आयोजनाहरु ५ वर्षभित्र सम्पन्न गरिने उनले बताए । सबै स्थानीय तहको केन्द्रलाई नजिको राष्ट्रिय सडकमा जोड्ने सरकारको योजना रहेको छ ।राष्ट्रिय राजमार्गमा सुरुङमार्ग र फ्लाई ओभर निर्माणलाई निरन्तरता दिने सरकारको योजना छ ।

ढुंगा, गिट्टी निर्यात गर्ने सरकारको घोषणा Read Previous

ढुंगा, गिट्टी निर्यात गर्ने सरकारको घोषणा

मासिक ५० युनिटसम्म बिजुली निःशुल्क दिने सरकारको घोषणा Read Next

मासिक ५० युनिटसम्म बिजुली निःशुल्क दिने सरकारको घोषणा