मासिक ५० युनिटसम्म बिजुली निःशुल्क दिने सरकारको घोषणा

काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै, सरकारले आगामी २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ ।

पूर्वाधार निर्माण २ सिफ्टमा गरिने, तयारी पूरा गरेका आयोजनाले मात्र बजेट पाउने Read Previous

पूर्वाधार निर्माण २ सिफ्टमा गरिने, तयारी पूरा गरेका आयोजनाले मात्र बजेट पाउने

अर्थतन्त्र सुधार्न यस्ता छन् सरकारका मुख्य नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Next

अर्थतन्त्र सुधार्न यस्ता छन् सरकारका मुख्य नीति तथा कार्यक्रम (पूर्णपाठ)