काठमाडौं । सरकारले यातायत क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्ससाहन गरिने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै यस्तो बताएका हुन ।
‘पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिनेछ’, उनले भने, ‘यातायात क्षेत्रमा नविकरणीय स्वच्छ उर्जा उपयोग गरेर कार्वन घटाउँदै लगिनेछ ।’
पेट्रोलियम पाइपलाई तथा न्यूतम भण्डारणको कार्यलाई निरन्तरता दिने उनले बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार अनुसार स्वतह समायोजन हुने व्यवस्था गरिने घोषणा गरेको छ ।