काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय ससदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
पछिल्लो समय मुख्यगरी बचत तथा ऋण सहकारीमा समस्या देखिएको छ । त्यसलाई मध्येनजर गर्दै सरकारले नियमनमा कडाइ गर्ने भएको छ ।
त्यस्तै, सहकारीमा बचतकर्ताको लगानी सुरक्षा गरिने, सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए ।