काठमाडौं । सरकारले उद्योगलाई उपलब्ध गराइने जग्गा हदबन्दको सीमा पुनरावलोकन गरिने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन ।
साथै बाँजो जग्गा उपयोगका लागि नीति बनाइने उनले बताए । ‘उद्योगलाई उपलब्ध गराइने जगाको हकबन्दीमा सीमा पुनरावलोकन गरिने छ । बाँजो जग्गा उपयोगका लागि नीतिगत व्यवस्था गरिनेछ’, उनले भने ।