बक्यौता बुझाउन कोषको ३ दिने अल्टिमेटम, नबुझाए सम्पत्ति जफत गर्ने चेतावनी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पसल, पार्किङ लगायतले सम्झौता अनुसार बुझाउनु पर्ने बक्यौता ३ दिन भित्र बुझाउन समय सीमा दिएको छ ।

सो अवधिमा समेत बक्यौता नबुझाए कानुन अनुसार कालोसूचीमा राखेर चल अचल सम्पत्ति जफत गर्ने कोषले चेतावनी दिएको छ ।

भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चाबहिल, सुमार्गी भवन क्षेत्रका पसल कवलहरूले बक्यौता तिरेका छैनन्।

त्यस्तै,भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको कोषले जनाएको छ।

कोषले यसअघि सूचना जारी गरेको थियो । तर अझै पनि केहीले बक्यौता नतिरेपछि ३ दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा रकम बुझाउन चेतावनीसहित सूचना जारी गरेको हो।

भुक्तानी कम्पनी मर्ज गराइँदै, क्रसहोल्डिङ भएकालाई बाध्यात्मक व्यवस्था Read Previous

भुक्तानी कम्पनी मर्ज गराइँदै, क्रसहोल्डिङ भएकालाई बाध्यात्मक व्यवस्था

झापामा फोहरबाट बायोग्यास उत्पादन सुरू, एपी ग्यासभन्दा सिलिण्डरमा रू. १५० सस्तो पर्ने Read Next

झापामा फोहरबाट बायोग्यास उत्पादन सुरू, एपी ग्यासभन्दा सिलिण्डरमा रू. १५० सस्तो पर्ने