१० प्रतिशत ब्याज तिरे ५ करोडसम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५ करोडसम्म ऋण लिएका ऋणीहरूले कर्जाको पुनर्तालिकीकरण/पुनर्संरचना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षालाई कार्यान्वयन गर्न बुधबार निर्देशन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु. ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा पुनर्तालिकीकरण/पुनर्संरचना गर्न पाउने छन् ।

ऋणीले उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाएर ऋण पुनरतालिकीकरण/पुनरसंरचना गर्न सक्नेछन् ।

ऋणीले आगामी असार मसान्तभित्र कर्जाको पुनर्तालिकीकरण/पुनर्संरचना गरिसक्नु पर्नेछ ।

 

 

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा विशेष छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा विशेष छुट पाउने

कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आइपीओ बिक्री गर्न अनुमति Read Next

कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आइपीओ बिक्री गर्न अनुमति