सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न संघसंस्थाको सेवामा विशेष छुट पाउने भएका छन् ।संस्थाले विभिन्न संस्थाहरूसंग समन्वय गरी छुट सम्बन्धी सम्झौता गरेसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकहरूले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरूमा अधिकतम १० प्रतिशत छुट पाउने छन । यसैगरी, भगवती मार्ग, नक्साल, काठमाडौंमा अवस्थित वी कयेर हेल्थ सेन्टर का सेवाहरूमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन ।

यस्तै, भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन भने धरान उपमहानगरपालिका, वडा न. १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइसाइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले हाल देशभरका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट साढे १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने Read Previous

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

१० प्रतिशत ब्याज तिरे ५ करोडसम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने Read Next

१० प्रतिशत ब्याज तिरे ५ करोडसम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने