कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आइपीओ बिक्री गर्न अनुमति

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ६७५ कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र आम सर्वसाधरणका लागि आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

१० प्रतिशत ब्याज तिरे ५ करोडसम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने Read Previous

१० प्रतिशत ब्याज तिरे ५ करोडसम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने

नेपालकै ठूलो सोलार परियोजनाको काम द्रुतगतिमा, असारभित्रै सम्पन्न हुने Read Next

नेपालकै ठूलो सोलार परियोजनाको काम द्रुतगतिमा, असारभित्रै सम्पन्न हुने