काठमाडौं । नेपाल बैंक लिमिटेडको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा ३६.३४ प्रतिशतको गिरावट आएको छ । गत आर्थिक वर्षमा ९१ करोड ३८ लाख खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५८ करोड १८ लाख रुपैयाँ कमाएको हो ।
बैंकको निक्षेपमा २.०५ प्रतिशतको गिरावट आएको भने ऋण लगानी ०.२७ प्रतिशतले बढेको छ । बैंकको ब्याज आम्दानी पनि ३.०५ प्रतिशतले घटेर १ अर्ब ३६ करोडबाट १ अर्ब ३२ करोडमा आइपुगेको छ ।
९ अर्ब ८१ करोड चुक्ता पूँजी भएको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६० करोड रुपैंयाँ छ । बैंकको खराब कर्जा १.०५ प्रतिशतबाट बढेर २.७५ प्रतिशत पुगेको छ । यसैगरी, २३ रुपैयाँ ७२ पैसा प्रति सेयर आम्दानी भएको बैंकको मूल्य आम्दानी अनुपात १३.३६ गुणा रहेको छ ।
सनराइज बैंकको नाफा ३७.०७ प्रतिशतले बढ्यो
सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ३३ करोड १४ लाख रुपैयाँ कमाएको बैंकले यो वर्ष खुद नाफा ३७.०७ प्रतिशतले बढाएको हो ।
बैंकले निक्षेप ३.२६ प्रतिशतले बढाएको छ भने कर्जा प्रवाह ५.३५ प्रतिशतले बढाएको छ । बैंकको कूल ब्याज आम्दानी ८२ करोड १८ लाख रुपैयाँबाट बढेर १ अर्ब १० करोड पुगेको छ । यो भनेको ३३.९१ प्रतिशतको बृद्धि हो ।
८ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको सनराइजको जगेडा कोषमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशतबाट थोरैले बढेर १.२७ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी २२.२९ रुपैंयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.७२ गुणा छ ।