मौद्रिक समीक्षा : बैंकदर १ प्रतिशत घट्याे, ब्याजदर सस्तिने (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।

शुक्रबार राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै ब्याजदर घटाउने नीति लिएकेा छ । बजारमा ब्याजदर घटाउन राष्ट्र बैंकले बैंकदर १ प्रतिशत विन्दुले घटाएको हो ।

हाल ८.५ प्रतिशत रहेको बैंकदर घटाएर ७.५ प्रतिशतमा झारेको हो । बैंकदर घटेसँगै निक्षेप तथा कर्जाको ब्याजदर पनि घटाउन सहयोग पुुग्छ ।

‘मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरु कोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई यथावत
राखिएको छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ ।

यस्तै, राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाईअब ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आउने छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्म निरन्तरता दिएको छ।

 

ईभीमा दिइँदै आएको छुट निरन्तरता दिन माग, यस्ता छन् बजेटमा नाडाका सुझाव Read Previous

ईभीमा दिइँदै आएको छुट निरन्तरता दिन माग, यस्ता छन् बजेटमा नाडाका सुझाव

संकटा क्लबलाई हिमालयन बैंकको १० लाख सहयोग Read Next

संकटा क्लबलाई हिमालयन बैंकको १० लाख सहयोग