ईभीमा दिइँदै आएको छुट निरन्तरता दिन माग, यस्ता छन् बजेटमा नाडाका सुझाव

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा तयारीमा जुटेको छ । अर्थमन्त्रालय बजेट लेखन र अर्थमन्त्री सरोकारवाला विभिन्न पक्षसँग छलफल गर्ने, रायसुझाव लिने लगायत कार्यमा व्यस्त छन् ।

यसैक्रममा, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाले पनि आगामी वर्षको बजेटमा आफ्ना सुझाव पेश गरेको छ ।नाडाले नेपाली अटो क्षेत्रमा रहेका विद्यमान समस्या र तिनको समाधानको उपायसहित अर्थमन्त्रलाई सुझाव दिएको छ ।

पछिल्लो समय राष्ट्र बैंकको कडाइ र अर्थतन्त्रमा आएको संकुचनका कारण अटो क्षेत्र संकटपूर्ण अवस्थामा रहेको छ । अटो क्षेत्रका समस्या बजेट मार्फत संवोधन गर्दै बजारलाई चलायमान बनाउन नाडाले सरकारसँग आग्रह गरेको छ ।

नाडाले अटो क्षेत्रका समस्या समाधान गर्न सरकारलाई बुँदागतरुपमा ६ दर्जनबढी सुझाव दिएको छ । नाडाले बजेटमार्फत भन्सार तथा अन्तःशुल्क घटाउन, सवारी आयात गर्दा वन्डेड वायरहाउसको व्यवस्था गर्न, सबै किसमिको स्पेयर पार्टस्मा समान ५ प्रतिशत भन्सार लगाउन, लुब्रिकेन्टमा भन्सार घटाउन, विद्युतीय सवारीमा दिइँदै आएको छुटलाई निरन्तारता दिनुपर्ने माग गरेको छ ।

त्यस्तै, ९. हेवि इक्यूपमेण्टसमा लाग्ने कर पूर्ण मिनाहा गर्न, ट्याक्टर तथा कृषि उपकरण मा लाग्ने मूल्यअभिवृद्धि कर मिनाहा गर्न, भन्सारका समस्या समाधान गर्न लगायत सुझाव दिएको छ ।

यस्ता छन् नाडाले दिएका बजेटमा व्यवस्था गर्नुपर्ने सुझावहरू

 

चन्द्रागिरि हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ? Read Previous

चन्द्रागिरि हिल्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

मौद्रिक समीक्षा : बैंकदर १ प्रतिशत घट्याे, ब्याजदर सस्तिने (पूर्णपाठ) Read Next

मौद्रिक समीक्षा : बैंकदर १ प्रतिशत घट्याे, ब्याजदर सस्तिने (पूर्णपाठ)