काठमाडौं । हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको संकटा क्लबलाई १० लाख रुपैयाँ आर्थिक् सहयोग गरेको छ ।
बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।
बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।