फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, ईपीएस १०१ रुपैयाँ घट्यो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९३.५५ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ४ करोड ३६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३ करोड २८ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ६७ करोड ६४ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेर ७३ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ९३.५० प्रतिशतले घटेर ६ करोड २७ लाममा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ४५ करोड निक्षेप संकलन गरी कुल १९ अर्ब ५४ करोड ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर रिटेन्ड अर्निङमा ६७ करोड ८८ लाख र जगेडा कोषमा ९९ करोड ५१ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

नाफामा भारी गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १०१.३० रुपैयाँ घटेर ५.५१ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५८.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३३.३१ गुणा र खराब कर्जा ५.८८ प्रतिशत छ ।

साना किसान बन्यो दोस्रो धेरै नाफा कमाउने लघुवित, प्रतिसेयर आम्दानी भने घट्यो Read Previous

साना किसान बन्यो दोस्रो धेरै नाफा कमाउने लघुवित, प्रतिसेयर आम्दानी भने घट्यो

बीमा क्षेत्रको मर्जर : ९ कम्पनीको अस्तित्व मेटियो, नयाँले हकप्रद जारी गर्न पाउने Read Next

बीमा क्षेत्रको मर्जर : ९ कम्पनीको अस्तित्व मेटियो, नयाँले हकप्रद जारी गर्न पाउने