साना किसान बन्यो दोस्रो धेरै नाफा कमाउने लघुवित, प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६.९३ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ५८ करोड ७६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८ करोड ५१ लाख रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको चैतसम्म ५० करोड २५ लाख रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा साना किसान दोस्रो धेरै नाफा कमाउने लघुवित्त बनेको हो । चैतसम्म छिमेक लघुवित्तले सबैभन्दा धेरै ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा लघुवित्तको नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १६.८६ प्रतिशतले बढेर ८३ करोड ७८ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ४५ करोड निक्षेप संकलन र १८ अर्ब ६४ करोड सापटी लिई कुल ३१ अर्ब ७३ करोड ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा ७६ करोड २२ लाख र जगेडा कोषमा १ अर्ब ९२ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ३्र६ करोड १२ लाख रुपैयाँ रहेको छ ।

नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.०६ रुपैयाँ घटेर ३९.७५ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३८.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.६९ गुणा र खराब कर्जा १.४२ प्रतिशत छ ।

एचआइडीसीएलको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ? Read Previous

एचआइडीसीएलको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, ईपीएस १०१ रुपैयाँ घट्यो Read Next

फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, ईपीएस १०१ रुपैयाँ घट्यो