निर्धन उत्थान लघुवित्तको नाफा ७५ करोड घट्यो, खराब कर्जा १२ प्रतिशत नाघ्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९४.५२ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्म ४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७५ करोड ८६ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको तेस्रो त्रैमासमा ८० करोड २६ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज उल्लेख्य रुपमा बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.१९ प्रतिशत घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ९४.३७ प्रतिशतले घटेर ६ करोड ४५ लाखमा सीमित भएको छ ।

हाल २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ९ करोड २२ लाख र जगेडा कोषमा १ अर्ब ८३ करोड रुपैयाँ संचित छ । यस अवधिमा लघुवित्तको वितरण योग्य नाफा ८ करोड २६ लाख रुपैयाँ छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४८.७६ रुपैयाँबाट घटेर २.२५ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७३.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७७.७८ गुणा र खराब १२.०९ प्रतिशत छ ।

अर्थतन्त्र सुधार बजेटको प्राथमिकतामा, यस्ता आउँदैछन् कार्यक्रम Read Previous

अर्थतन्त्र सुधार बजेटको प्राथमिकतामा, यस्ता आउँदैछन् कार्यक्रम

काठमाडौंका विभिन्न १३ रुटको अव्यवस्थित तार हटाउन सुरू Read Next

काठमाडौंका विभिन्न १३ रुटको अव्यवस्थित तार हटाउन सुरू