किमाथाङ्का नाका ३ वर्षदेखि बन्द हुँदा सङ्खुवासभामा खाद्यान्न अभाव

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।

कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब १६२ किलोमिटर टाढा पर्दछ ।

किमाथाङ्काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।

किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।रासस

सूर्योदय वोमी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सूर्योदय वोमी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

स्याफ्रुबेँसी-रसुवागढी सडक विस्तारमा ढिलाइ, अझै आएनन् चिनियाँ टोली Read Next

स्याफ्रुबेँसी-रसुवागढी सडक विस्तारमा ढिलाइ, अझै आएनन् चिनियाँ टोली