काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (वैशाख १४ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले वैशाख ३० गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा धुलिखेल रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा हुनेछ ।