काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ ।
स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिहरूमा चरन गरेका मौरीहरूबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
साथै स्थानीय किसानहरूद्वारा स्थानीय रुपमै उत्पादित सामानहरूको प्रवद्र्घन गर्ने उद्देश्यले यस महको उत्पादन सुरु गरिएको कम्पनीको भनाइ छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरूले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट रहेको ठहर्याएका छन् । ज्ञान महको गुणस्तर यस्को प्राकृतिक र मिठो बास्ना बाट पनि आकलन गर्न सकिने कुरा जनाइएको छ।
ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा २५० ग्राम, ५०० ग्राम र १ केजीको प्याकमा उपलब्ध छ ।
केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आँटा, ज्ञान मैदा उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन् ।