नबिल बैंकको नाफामा उछाल, यस्ता छन् मुख्य सूचक

काठमाडौं । नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५२.६३ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म बैंकले बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ७६ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेर ७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

हाल २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ७१ करोड संचित छ ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ११.४२ प्रतिशत र कर्जा ७.७६ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ बढेर २५.२१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०१.०७ रुपैयाँ, बेसरेट ९.९९ प्रतिशत, मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ ।

समीक्षा अवधिमा नबिलको खराब कर्जा तीन गुणाभन्दा धेरैले बढेको छ । गत वर्ष चैतमा १.१४ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको सोही अवधिमा ३.८७ प्रतिशत पुगेको छ ।

चैतमा ९ महिना यताकै धेरै आयात, व्यापार घाटामा भने सुधार Read Previous

चैतमा ९ महिना यताकै धेरै आयात, व्यापार घाटामा भने सुधार

मेन्छियाम हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

मेन्छियाम हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन