चैतमा ९ महिना यताकै धेरै आयात, व्यापार घाटामा भने सुधार

काठमाडौं । चालु आर्थिक वर्षको चैतमा ९ महिना यताकै धेरै विदेशी वस्तु आयात भएको छ । सरकारले आयात खुकुलो बनाएसँगै चैतमा यस वर्षकै धेरै आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो चालु वर्षकै धेरै हो। यसअघि गत भदौमा १ खर्ब ४२ अर्बको वस्तु आयात भएको थियो ।

चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ वस्तु आयात भएको छ । सरकारले पुस १ देखि गाडी, मोबाइल लगायत विलासी वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने माघ ५ देखि एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान हटाएको थियो ।

चैत मसान्तसम्म नेपालले कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब १ अर्ब रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएकाे छ ।

व्यापार घाटामा सुधार

चालु आवमा व्यापार घाटामा सुधार आएको छ । गत वर्षको चैतको तुलनामा चालु आवमा व्यापार घाटा १७.०६ प्रतिशत कम हो ।गत वर्षको चैतसम्म कुल १३ खर्ब ६ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा १० खर्ब ८३ अर्बमा सीमित भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ । आयात गत आवको यसै अवधिको तुलनामा १८.०८ प्रतिशत र निर्यात २६.३४ प्रतिशतले खुम्चिएको छ ।

चैत मसान्तसम्म कुल १२ खर्ब १ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने कुल १ खर्ब १८ अर्बको निर्यात भएको छ ।

भारत बन्यो विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश Read Previous

भारत बन्यो विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश

नबिल बैंकको नाफामा उछाल, यस्ता छन् मुख्य सूचक Read Next

नबिल बैंकको नाफामा उछाल, यस्ता छन् मुख्य सूचक