मेन्छियाम हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४।७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ । यसको प्रतिमेगावाट अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ छ।

नबिल बैंकको नाफामा उछाल, यस्ता छन् मुख्य सूचक Read Previous

नबिल बैंकको नाफामा उछाल, यस्ता छन् मुख्य सूचक

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै Read Next

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै