एनआइसी एशिया बैंक र युनियन पेको सहकार्यमा भर्चुअल कार्डको शुरूवात

काठमाडौं । एनआइसी एशिया बैंक र युनियन पे को सहकार्यमा भर्चुअल कार्डको सुरूवात भएको छ। वस्तु तथा सेवा खरिदको भुक्तानीलाई सहज बनाउन बैंकले सोमबारदेखि भर्चुअल कार्डको सुरूवात गरेको हो।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पेका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियन पे भर्चुअल कार्डको सुरू भएको हो।

 

सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक समक्ष लैजाने योजना बनाएको छ। साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ।

 

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ। युनियन पे ले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा विस्तार गर्नुका साथै ८ अर्बभन्दा बढी कार्ड जारी गरेकोे छ।

 

बैंकले देशभरका ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

सानिमा बैंकले ल्यायो 'सानिमा दीर्घायु बचत खाता', २० लाखको बीमा सुविधा Read Previous

सानिमा बैंकले ल्यायो 'सानिमा दीर्घायु बचत खाता', २० लाखको बीमा सुविधा

तीन महिनामा वैदेशिक लगानीका ८२ उद्योग दर्ता, १३ अर्बको लगानी प्रस्ताव Read Next

तीन महिनामा वैदेशिक लगानीका ८२ उद्योग दर्ता, १३ अर्बको लगानी प्रस्ताव