तीन महिनामा वैदेशिक लगानीका ८२ उद्योग दर्ता, १३ अर्बको लगानी प्रस्ताव

तस्विरः दि हिमालयन टाइम्सबाट

काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक पहिलो सातासम्ममा वैदेशिक लगानीका ८२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कूल वैदेशिक लगनीमध्ये ८५ प्रतिशत उद्योग चिनियाँ लगानीमा दर्ता भएका हुन् ।

 

उद्योग विभागका अनुसार, चालू आवको ३ महिनासम्म नेपालमा १३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । त्यसमध्ये चीनबाट मात्र १० अर्ब ३ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छन् ।

 

विदेशी लगानी अन्तर्गत विभागमा यस अवधिमा कूल ८२ उद्योग दर्ता भएका छन् । ती ८२ मध्ये ७० वटा उद्योग चिनियाँ लगानीका हुन् ।

 

आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको ५ वर्षको अवधिमा कूल ७७ अर्ब २१ करोड रुपैयाँको वैदेशिक लगानी चीनबाट आएको छ । सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता भने ५० अर्ब रुपैयाँ बराबरको आएको छ ।

 

विगतको तथ्याङकलाई हेर्दा नेपालमा सबैभन्दा बढी लगानी गर्ने राष्ट्र चीन रहेको देखिन्छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो ।

 

विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो क्रममा रहेको छ । विगतका वि.सं. २०५० देखि चीनले हालसम्म कूल १२ खर्ब ८३ अर्ब बराबरको लगानी तथा लगानीको प्रतिबद्धता आएको छ । जबकी साेही अवधिमा भारतबाट भने ८ खर्ब ८५ अर्ब ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

 

३९ पर्यटन क्षेत्रमा लगानी आएको छ भने सूचना प्रविधि क्षेत्रमा ७ वटा उद्योग दर्ता भएका छन् । यस्तै उत्पादनमूलक क्षेत्रमा ७ वटा, कृषि तथा वनजन्य क्षेत्रमा एउटा, सेवामूलक क्षेत्रमा २८ वटा उद्योग दर्ता भएका छन् । यी नयाँ उद्योग सञ्चालनमा आएपछि ४ हजार ५ सय ७३ जनाले रोजगारी पाउने छन् ।

 

विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो क्रममा रहेको छ । विगतका वि.सं. २०५० देखि चीनले हालसम्म कूल १२ खर्ब ८३ अर्ब बराबरको लगानी तथा लगानीको प्रतिबद्धता आएको छ ।

 

जबकी वि.सं २०५० देखि अहिलेसम्म नेपालमा भारतबाट भने ८ खर्ब ८५ अर्ब ३१ करोड रुपैंया प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

 

आर्थिक वर्ष २०६२/६३ पछि क्रमिक रुपमा बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता निकै बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको ५ वर्षको अवधिमा कूल ७७ अर्ब २१ करोड रुपैयाको वैदेशिक लगानी चीनबाट आएको छ । सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता भने ५० अर्ब रुपैयाँ बराबरको आएको छ ।

विगतका वर्षहरूमा साना र मझौला व्यवसाय तथा उद्योगमा चिनियाँ लगानी भित्रिएपनि पछिल्ला वर्षहरूमा भने सो लगानी ठूला उद्योग र ठूला पूर्वाधार आयोजनामा केन्द्रित हुन थालेका छन् ।

 

चिनियाँ–नेपाली लगानीकर्ताको संयुक्त लगानी रहेको होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट, दमक औद्योगिक पार्क लगायत आयोजना यसका उदाहरण हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बन्ने यो औद्योगिक पार्कमा ६५ अर्ब रुपैयाँ चिनियाँ लगानी हुने भएको छ । यसरी लामो राजनीतिक संक्रमणपछि नेपालमा आएको राजनीतिक स्थायित्व, स्थिर सरकार र लगानी क्षेत्रमा भएको नीतिगत सुधारले लगानीको वातावरण बनेको विज्ञहरू बताउँछन् ।

 

खासगरी, लगानीका क्षेत्रमा रहेका विगतका झन्झटिला प्रक्रिया विस्तारै हट्दै जानु, लोडसेडिङको अन्त्य हुनु जस्ता पक्षले पनि नेपालमा चिनियाँ लगानीकर्ता आकर्षित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको ठम्याई छ ।

 

पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको बढ्दो आवागमनलाई ध्यानमा राखेर चिनियाँ लगानीकर्ताले पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेको तथ्यांकले देखाएको छ ।

 

चिनियाँ लगानीकर्ताबाट पर्यटन क्षेत्रमा गरिएको उक्त वैदेशिक लगानीको प्रतिबद्धता अधिकांश साना तथा मझौला होटल र रेस्टुराँका लागि छन् ।

एनआइसी एशिया बैंक र युनियन पेको सहकार्यमा भर्चुअल कार्डको शुरूवात Read Previous

एनआइसी एशिया बैंक र युनियन पेको सहकार्यमा भर्चुअल कार्डको शुरूवात

चौधरी ग्रुपको लगानी रहेको मध्यमोदी जलविद्युतको सुरुङको काम सम्पन्न Read Next

चौधरी ग्रुपको लगानी रहेको मध्यमोदी जलविद्युतको सुरुङको काम सम्पन्न