सानिमा बैंकले ल्यायो ‘सानिमा दीर्घायु बचत खाता’, २० लाखको बीमा सुविधा

काठमाडौं । सानिमा बैंकले बचतकर्ताका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षा सुविधासहितको ‘सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता’ ल्याएको छ।

 

यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा लिनसक्ने छन्। साथै नेपाल र भारतमा हुने उपचारमा १ लाख रुपैयाँसम्मको औषधि उपचार विमा सुविधा लिनसक्ने छन्।

 

यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ २० लाख रुपैयाँ बीमा रकम दावी गर्न सकिने छ।

 

यसबाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरणसहितको ३ लाख रुपैयाँ बीमा २५ हजारको मृत्यु लाभ हुने विमा बैंकले गरिदिने बताएको छ।

 

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएम रहेको छ ।

लक्ष्मी बैंकको आयोजनामा शनिबारदेखि खुल्ला गल्फ प्रतियोगिता हुँदै Read Previous

लक्ष्मी बैंकको आयोजनामा शनिबारदेखि खुल्ला गल्फ प्रतियोगिता हुँदै

एनआइसी एशिया बैंक र युनियन पेको सहकार्यमा भर्चुअल कार्डको शुरूवात Read Next

एनआइसी एशिया बैंक र युनियन पेको सहकार्यमा भर्चुअल कार्डको शुरूवात