काठमाडौं । लक्ष्मी बैंकको आयोजनामा आगामी शनिबारदेखि “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बैंकले सन् २०१४ देखी गर्दै आएको वार्षिक रुपमा आयोजना गर्दै आएको प्रतियोगिताको छैटौं संस्करण गोकर्ण गल्फ क्लबमा हुनेछ । यो नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हो ।
यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन् । यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।
विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा पुरस्कार प्रदान गरिनेछ । यसबाहेक, १०औं होलमा होल–इन–वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ ।
हाल बैंकले देशभर ११६ शाखा, २ एक्सटेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १४० एटीएम, ६४ शाखा रहित बैंकिङ्ग एजेन्टमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।