काठमाडौं । सेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । आज सूचकमा झिनो अंकको गिरावट आएपनि कारोबार रकममा भने बढोत्तरी आएको छ । दशैं पछिका दिनमा औसतमा करिब २० करोडको कारोबार हुँदै आएकोमा आज २८ करोड रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ०.८१ अंकले घटेर ११३९.४६ विन्दुमा आइपुगेको छ । आज १६२ कम्पनीको २८ करोड ४४ लाख ७२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । १० लाख ५८ हजार ८९६ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमा चार वटा समूहको सूचक उकालो लागेका छन् भने बाँकीसबै समूहको सूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक सूचक सबैभन्दा धेरै १६.५२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभ्न्दा धेरै २८.३३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ९४ लाख २३ हजार २४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा साल्ट ट्रेडिङ र प्रभु बैंकको साधरण सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । साल्ट ट्रेडिङको २ करोड ६३ लाख र प्रभुको १ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ ।
आज ग्लोबल आइएमई सम्मुन्त म्युचुअल फण्डको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सिनर्जी पावर डेभ्लप्मेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।