काठमाडौं । नबिल बैंकको कार्ड प्रयोग गरी सामसङका मोबाइल फोन किन्दा विशेष छुट पाइने भएके छ ।
नबिलको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले सामसङको ग्यालेक्सी ए ३४ फाइभ जी र ग्यालेक्सी ए ५४ फाइभ जी मोबाइल खरिद गर्दा २ हजार रुपैयाँ क्यासब्याक पाइने भएको हो ।
सामसङ ग्यालेक्सी ए ३४ फाइभ जी र ग्यालेक्सी ए ५४ फाइभ जी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको हो ।
यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू, ५००० एमएएच ब्याट्री, अद्वितीय डिजाइनहरू एवं विविध रंगहरूमा उपलब्ध छन् ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।