निफ्राको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६७.२८ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेर २ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ६७.३१ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ९८ करोड संचित छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ७९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँबाट बढेर ७.१७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ छ ।

प्रधानमन्त्री दाहालले गरे द्रुतमार्गको अनुगमन Read Previous

प्रधानमन्त्री दाहालले गरे द्रुतमार्गको अनुगमन

सरकारले खुलायो जग्गाको कित्ताकाट Read Next

सरकारले खुलायो जग्गाको कित्ताकाट