एकैपटक ५ बैंकको सेयर लिलामीमा आयो, कुनको भाउ कति ?

काठमाडौं । एकैपटक ५ बैंककाे संस्थापक (प्रमोटर) सेयर लिलामीमा ल्याएका छन् ।

आजदेखि प्राइम कमर्शियल, एक्सेल डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र ग्लोबल आइएमई बैंककाे प्रमोटर सेयर विक्रीमा आएका हुन् ।

यी बैंकका विद्यमान संस्थापकहरूले आफ्नो नाममा रहेको सेयर लिलामीमार्फत बेच्न लागेका हुन् । ५ बैंकको कुल साढे २७ लाख कित्ता सेयर लिलामीमा आएको हो ।

कुनको कति ?

प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । बैंकको सेयरमा व्यक्तिगत जो कोही व्यक्तिगत लगानीकर्ता, कम्पनी वा संस्थाहरूले वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाइ आवेदन दिनुपर्नेछ । लगानीकर्ताले कम्तीमा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको लिलामी प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार ७१८ कित्ता, महालक्ष्मी विकास बैंकको १ लाख ८५ हजार कित्ता, कामना सेवाको २ लाख ४४ हजार ९५४ कित्ता र ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर लिलामीमा आएको हो ।

ग्लोबल आइएमई बैंकले न्यूनतम भाउ प्रतिकित्ता १३५ रुपैयाँ तोकेको छ भने एक्सेल, कामना सेवा र महालक्ष्मीले न्यूनतम मूल्य तोकेका छैनन् ।

यी बैंकको लिलामीमा आएको सेयर किन्न चाहले लगानीकर्ताले आजको ३५ दिन भित्र सम्बन्धित ठाउँमा आवेदन दिइसक्नुपर्नेछ ।

तोकिएको मिति भित्र हालका संस्थापक सेयरधनीहरूले आवेदन नदिए त्यसपछि सर्वसाधरणका लागि विक्री खुला गरिनेछ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

चालु वर्षमा साढे १४ अर्ब नाफा विदेशियो Read Next

चालु वर्षमा साढे १४ अर्ब नाफा विदेशियो