नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार २ अंकले घटेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने स्थिर रहेको छ । आज पनि ९२  कराेड बढीको सेयर किनबेच भएको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से २३.६४ अंकले घटेर १९०८.०४ बिन्दुमा आइपुगेको छ । यसदिन २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.८२ प्रतिशतले घटेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ४ करोड र एनआइसी एशिया बैंक३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नयाँ निर्माणभन्दा भएका सडक स्तरोन्नति प्राथमिकतामा, राष्ट्रिय राजमार्ग धमाधम विस्तार Read Previous

नयाँ निर्माणभन्दा भएका सडक स्तरोन्नति प्राथमिकतामा, राष्ट्रिय राजमार्ग धमाधम विस्तार

एकैपटक ५ बैंकको सेयर लिलामीमा आयो, कुनको भाउ कति ? Read Next

एकैपटक ५ बैंकको सेयर लिलामीमा आयो, कुनको भाउ कति ?