चालु वर्षमा साढे १४ अर्ब नाफा विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन–फागुन)मा करिब रु साढे १४ अर्ब विदेशिएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको चालु आवको ९ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।

विभागले यस अवधिमा रोयल्टीबापत रु २ अर्ब ११ करोड ६ हजार ६३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

चैत महिनामा सवा ३ अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार २३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै रु २० करोड ६० लाख ९ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो ।

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत १ हजार २२४ जना लगानीकर्ता, १८६ जना प्रतिनिधि र ५२४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले १६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र १४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

नौ महिनामा २९८ वटा उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार ३७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।

विभागको तथ्याङ्क अनुसार हालसम्म रु ४ खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।

एकैपटक ५ बैंकको सेयर लिलामीमा आयो, कुनको भाउ कति ? Read Previous

एकैपटक ५ बैंकको सेयर लिलामीमा आयो, कुनको भाउ कति ?

लयमा आउँदै घरजग्गा कारोबार, चैतमा यस वर्षकै धेरै किनबेच Read Next

लयमा आउँदै घरजग्गा कारोबार, चैतमा यस वर्षकै धेरै किनबेच