काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो ।
बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, बैंकको वीरगंज शाखाद्वारा अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द« बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै, बिचबजार–धादिङ्ग शाखाद्वारा निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।
विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरूलाई शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृती प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।