महासंघका अध्यक्ष ढकालद्वारा पदबहाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए । निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित छन् छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका थिए ।

निर्वाचित अन्य पदाधिकारी तथा सदस्यले आजै पदबहाली गर्ने कार्यक्रम छ ।

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक संस्थाहरूलाई सहयोग Read Next

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक संस्थाहरूलाई सहयोग