काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको चैत ३० गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनासहित ६.५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
हाल ४ अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि ५ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।