ग्लोबल आइएमई बैंकको खुद नाफा ४१ प्रतिशतले वृद्धि, अरु सूचकमा कस्तो छ प्रगति

काठमाडौं । जनता बैंकसँग मर्जर प्रकृयामा रहेको ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक विवरण अनुसार बैंकले अधिकांश सूचकहरुमा प्रगति गरेको छ।

 

बैंकले ब्याज आम्दानी, खुद मुनाफा, निक्षेप संकलन, कर्जा परिचालन लगायतका सूचकमा बढोत्तरी गरेको छ भने निस्क्रिय कर्जा अनुपात घटाउन सफल भएको छ ।

 

बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवको असोजमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रहेको थियो।

 

एनएफआरएस प्रणालीको प्रतिवेदन अनुसार बैंकको विवरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ छ। अघिल्लो आवको प्रथम तीन महिनामा बैंकको यस्तो मुनाफा ५१ करोड रहेको थियो।

 

बैंकले समीक्षा अवधिमा ७७ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा बढाएर १ अर्ब ४ करोड २३ लाख रुपैयाँ पुगेको छ। यसैगरि खुद ब्याज आम्दानी पनि ३६ करोड ४७ लाख बढाएर १ अर्ब ५६ करोड रुपैयाँ आर्जन पुर्याएको छ ।

 

बैंकले गत अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेप संकलन ८ अर्ब ९० करोडले वृद्धि गर्दै १ खर्ब २८ अर्ब ९९ करोड पुर्याएको छ । यसैगरि कर्जा परिचालनतर्फ पनि साढे ९ अर्बले वृद्धि गर्दै १ खर्ब १८ अर्ब ४८करोड रुपैयाँ पुर्याएको छ।

 

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २८.८७ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १६५.६४ रुपैयाँ रहेको छ ।

 

ग्लोबल आइएमई बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण :

 

'मगज तताउने' सहर घुम्न जाने करोडौं पर्यटककाे राेजाइमा किन परेन नेपाल Read Previous

'मगज तताउने' सहर घुम्न जाने करोडौं पर्यटककाे राेजाइमा किन परेन नेपाल

पुरानो स्मार्टफोनलाई यसरी गर्न सकिन्छ नयाँ जसरी प्रयोग Read Next

पुरानो स्मार्टफोनलाई यसरी गर्न सकिन्छ नयाँ जसरी प्रयोग