काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनको एसोसिएटतर्फको मतगणना सम्पन्न भएको छ ।
अन्तिम मत परिणाम अनुसार रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७५ र उमेशलाल श्रेष्ठले ४२४ मत प्राप्त गरेका छन् ।
अब वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्लारनगरतर्फको मतगणना हुन बाँकी छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।