काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले ५० लाख रुपैयाँसम्मको कर्जाको अग्रिम भुक्तानी शुल्क (पेमेन्ट चार्ज फी) लिन नपाउने भएका छन् ।
ऋण असुलीमा समस्या हुन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । हाल ऋणीले अग्रिम कर्जा भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले शुल्क लिने गरेका थिए ।
पछिल्लो समय अर्थतन्त्रमा आएको संकुचन र बैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेका गतिविधिका कारण ऋणको किस्ता उठ्न छाडेको छ । यसैलाई मध्येनजर गर्दै राष्ट्र बैंकले खुलुको व्यवस्था गरेको हो।
यदि कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने गरेको भए सम्बन्धित संस्थाको वेबसाइटमार्फत गुनासो दर्ता गर्न राष्ट्र बैंकले सबैमा आग्रह समेत गरेको छ ।
यसरी दर्ता भएको गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउन भनेको छ ।