काठमाडौं । सानिका बैंकको पौने १२ लाख कित्ता संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ११ लाख ८७ हजार १७३ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेका हुन्।
बैंकको प्रमोटर सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत २८ गते)को ३५ दिन भित्र सानिमा बैंकको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी विक्री खुला गरिने बैंकले जनाएको छ ।