बजाजको नेपालमा २५ वर्ष, ८ लाख बढी मोटरसाइकल बेच्न सफल

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २५ वर्षमा ८ लाख बढी मोटरसाइकल बेच्न सफल भएको छ ।

कम्पनीले आफ्नो रजत जयन्ति मनाउँदै उक्त जानकारी दिएको हो । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले हाइ–पर्फर्मेन्स मोटरसाइकलहरू सुपथ मूल्यमा उपलब्ध गराउँंदै छ ।

विगत २५ वर्षदेखि नेपाली ग्राहकहरूको मन जित्दै आएको बजाज विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले बजाजले नेपालमा लामो यात्रा पार गरेको बताए ।

‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आजसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं । हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरू सबैलाई लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

कम्पनीले अहिले नेपालमै एसेम्बल समेत गर्न थालेको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो प्लान्ट स्थापना गरी हुलास अटो क्राफ्टमार्फ बजाज मोटरसाइकलहरू असेम्बल गर्दै आएको छ ।

बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधि र डिजाइन युक्त मोटरसाइकलहरू ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ । कम्पनीले मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनका विभिन्न मोडलहरू उत्पादन गर्दै आएको छ ।

यसैबीच, बजाजले नेपाली नयाँँ वर्ष २०८० को अवसरमा आकर्षक अफर समेत ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले बजाजका कुनै पनि आधिकारिक डिलरबाट २५ प्रतिशत डाउपेमेन्टमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । त्यस्तै, मोटरसाइकल किन्दा १० हजार रुपैयाँको स्योर–शट क्यास डिस्काउन्टका साथै १ किलो चाँदी पनि जित्ने मौका पाउने छन् ।

१९ वर्षमै डलर अर्बपति बन्न सफल, यी हुन् ३० वर्ष मुनिका अर्बपति Read Previous

१९ वर्षमै डलर अर्बपति बन्न सफल, यी हुन् ३० वर्ष मुनिका अर्बपति

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत