काठमाडौं । फोर्ब्स म्यागजिनले हरेक वर्ष सार्वजनिक गर्ने संसारका सर्वाधिक धनाढ्यहरूकोऔसत उमेर ६५ वर्ष छ । सन् २०२३ को पछिल्लो सूची अनुसार सबैभन्दा जेष्ठ अर्बपतिको रूपमा १०१ वर्षका बीमा व्यवसायी जर्ज जोसेफले आफ्नो नाम राख्न सफल भएका छन् ।
तर, ठूलो सम्पत्ति आर्जन गर्न वा सर्वाधिक धनाढ्यहरूको सूचीमा पर्नको लागि बुढेसकाल नै हुनुपर्छ वा धेरै उमेर हुनुपर्छ भन्ने छैन । यो तथ्यलाई फोर्ब्सको पछिल्लो तथ्यांकले पुष्टि गरेको छ ।
फोर्ब्सका अनुसार संसारभरबाट यस वर्ष १५ युवाहरू बिलेनायरको सूचीमा पर्न सफल भएका छन्, जसको उमेर ३० वर्षभन्दा कम रहेका छन् ।
यस भाग्यशाली समूहमा पर्न सफल सबैभन्दा कान्छा क्लेमेन्ट डेल भिचियो र किम जंग युन हुन । यो धनाढ्यको सूचीमा पर्ने अवधिसम्म उनीहरूको उमेर १९ वर्षका छन् ।
यी किशोर/किशोरीहरूले आफ्ना बुवा क्रमश: लियोनार्दो डिल भिचियो र किम जोङ योङको निधनपछि सन् २०२२ मा कम्पनीकको स्वामित्व आफूले लिएर सञ्चालन गरिरहेका छन् ।
डेल भिचियो, जो आगामी मेमा १९ वर्षको पुग्दैछन् । उनले आफ्नो बुवाको होल्डिङ कम्पनी डेल्फिन जसले चश्मा लगाउने विशाल लक्सोटिका (बान र सनग्लास हट जस्ता ब्रान्ड) को सेयर स्वामित्व लिए ।
किम र भिचियोका बारेमा धेरै जानकारी नआएको फोर्ब्सले जनाएको छ । यद्यपि, भिचियोका ६ भाइबहीनीहरू छन् भने सौतेनी आमाले पनि बिहे गरिसकेकी छिन् । किम जापानी–दक्षिण कोरियाली अनलाइन गेमिङ नेक्सनमा आबद्ध छिन् ।
उनी र उनकी बहीनी जंग मिन १९ र २१ वर्षको रहेको बताइएको छ । उनको कम्पनीका प्रतिनिधिहरूसँग फोर्ब्सले उनीहरूको उमेर पुष्टि गर्न खोज्दा केही तथ्य फेला नपरेको जनाएको छ ।
३० वर्षभन्दा कम उमेरका धनी व्यक्तिहरूमा रेड बुलका मार्क माटेस्चिटज पहिलो नम्बरमा छन् । उनका बुबाको २०२२ मा मृत्युपछि उत्तराधिकारीको रूपमा उनले व्यवसाय सम्हालेका छन् । २०२३ मा सर्वाधिक धनीको सूचीमा आएका १५० व्यक्ति मध्ये उनी पहिलो हुन । उनको सम्पत्ति ३४.७ बिललियन रहेको अनुमान गरिएको छ । सबैभन्दा कम उमेरका धनी व्यक्तिको सूचीमा पर्न सफल भिचयोको भन्दा दश गुणा बढी हो ।
समग्रमा कम उमेरमै सर्वाधिक धनाढ्यको सूचीमा पर्न सफल १५ व्यक्तिहरू मध्ये ११ जनाले उत्तराधिकारीको रूपमा आफ्नो पुख्यौंली सम्पत्ति पाएका छन् । जसको कारण आज उनीहरू फोर्ब्सको सूचीमा छन् ।
चार जना व्यक्तिहरू भने आफ्नै मिहिनेत र उद्यमशीलताले यो धनाढ्यहरूको सूचीमा परेका छन् । तीमध्ये सन् २०१२ देखि सक्रिय पहिरन निर्माता जिमशार्कको स्थापना गर्ने बेन फ्रान्सिस एक हुन ।
अर्का व्यक्ति १९ वर्षे हुँदा पाल्मर लक्की, जसले आफ्नो पहिलो स्टार्टअप फेसबुकलाई बेचे र अहिले उनी सफल प्रविधि व्यवसायमा फर्किएका छन् । यी दुवै व्यक्ति अर्बपति श्रेणीका नयाँ सदस्य हुन् ।
फोर्ब्सका अनुसार अघिल्लो वर्ष पनि यो सूचीमा ३० वर्ष मुनिका १५ जना नै थिए । तर, यस पटक ती व्यक्तिहरूको नाम फेरबद्ल भएको छ । नयाँ ९ जना थपएिका छन् । गत वर्षको यस सूचीमा परेका ८ जना बाहिरिएको फोर्ब्सले जनाएको छ ।
समग्रमा फोर्ब्सको सूचीमा अटाएका यी युवाहरूसँग ६४ बिलियन डलर बराबरको सम्पत्ति छ । २०२२ कोभन्दा यस पटक यो समूहले १० बिलियनले सम्पत्ति बढाएको छ । जुन संसारभर धनाढ्यहरूको सूचीमा रहेका २६४० अर्बपतिहरूको सम्पत्तिको ०.६ प्रतिशत हिससा हो ।
यहाँ विश्वका अर्बपतिहरूको सूचीका पर्ने १५ मध्ये केही सदस्यहरूको बारेमा उल्लेख गरिएको छ । जो ३० वर्षभन्दा कम उमेरका छन् ।
बेन फ्रान्सिस : ३० वर्षे प्रान्सिस बेलायतका नागरिक हुन् । उनको सम्पत्तिको स्रोत भनेको जिमशार्क हो भने उनीसँग १.२ बिलियन सम्पत्ति छ ।
फ्रान्सिसले १९ वर्षको उमेरमा २०१२ मा एक्टिभवेयर निर्माता जिमशार्क स्थापना गरेका थिए भने कलेजका कक्षाहरू चलाउँदै गर्दा पिज्जा डेलिभर गर्ने काम गदै आए । जसले उनलाई सफलतासम्म पुर्याइयो । उनले सो जिमशार्कलाई सन् २०२१ मा ५०० मिलियनमा बेचेका थिए । तर, अझै उनको केही प्रतिशत सेयर कायम राखेका छन् ।
पाल्मर लकी : लकी ३० वर्षे अमेरिकी नागरिक हुन । उनको सम्पत्ति १.७ बिलियन छ भने त्यसको स्रोत भचूर्अल रियालीटी कनट्रेक्टिङ हो । पूर्व किशोर विजले सन् २०१४ मा भीआर हेडसेट निर्माता अकुलसको स्थापना गरे र त्यसलाई पछि फेसबुकले २ बिलियन डलरमा खरिद गरेको थियो । त्यसपछि उनको कम्पनीले हतियार निर्माण गर्न थाल्यो ।
मार्क मर्टेसाइटीज : मार्क ३० वर्षका अष्ट्रेलियन नागरिक हुन । उनको सम्पत्तिको स्रोत रेड बुल हो भने यस अवधिसम्म ३४.७ बिलियन सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।
अक्टोबरमा उनका बुबा सहसंस्थापक डिट्रिच माटेस्चिजको मृत्यु भएपछि उनले ऊर्जा पेयको विशाल रेड बुलको ४९ प्रतिशत सेयर प्राप्त गरेका थिए ।
माइकल स्ट्रनाड : स्ट्रनाड चेक रिपब्लिकन नागरिक हुन । उनको सम्पत्तिको स्रोत हातहतियार हो । उनीसँग २ बिलियन डलर सम्पत्ति छ । उनको चेकोस्लोभाक समूहले युक्रेनी सेनालाई गोलाबारुद आपूर्ति गर्ने गरेको छ ।
जर्मनी र आर्टिलरी उपकरणको सबैभन्दा ठूलो आपूर्तिकताको भूमीका खेलेको छ । जसले २०२२ को पहिलो ६ महिनामा दोब्बर ६२० मिलियनको व्यापार गरेका थिए ।
गुस्ताभ मगनर विट्जो : नर्वोका नागरिक विट्जो २९ वर्षका छन् । उनको सम्पत्तिको स्रोत भनेको माछापालन हो । हाल उनीसँग ४ बिलियन डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।
उनीसँग साल्मन खेती गर्ने कम्पनी सालमार एएसएको लगभग आधा स्वामित्व छ । जुन उनका बुबा गुस्ताभ विट्जाले सथापना गरेका थिए । यसका साथै उनले रियल इस्टेट र टेक स्टार्टअप लगानीकर्ताको रूपमा आफ्नो परिचय स्थापित गरेका छन् ।
रायन ब्रेस्लो : अमेरिकी नागरिक ब्रेस्लोसँग १.१ बिलियन खुद सम्पत्ति छ । उनले इकमर्स बिजनेश गरिरहेका छन् ।
लियोनार्डो मारिया डेल भेचियो : २७ वर्षका इटालीयन नागरिक भेचियोसँग ३.५ बियिन सम्पत्ति छ । उनको सम्पत्तिको स्रोत भनेको लुक्सोटिका हो । जसले चश्माका विभिन्न सामग्रीहरूको निर्माण गर्छ । भेचियो इटालीको दोस्रो धनी व्यक्ति हुन ।
२६ वर्षे चिनियाँ नागरिक वाङ जेलोङसँग १.४ बिलियन सम्पत्ति छ । उनको सम्पत्तिको स्रोत भनेको पिगमेन्ट प्रडक्सन रहेको फोर्ब्सले जनाएको छ ।
त्यस्तै, ३० वर्ष मुनिका युवाहरू नर्वेकै २६ वर्षे अलेक्जान्ड्रा एन्ड्रेसनसँग १.५ बिलियन, इटलीका २१ वर्षीय नलुका डेल भेचियोको ३.५ बिलियन, जमर्नीका २० वर्षीय केभिन डेभिड लेहमनसँग २.३ बिलियन डलर सम्पत्ति छ ।