महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने गण्डकी प्रदेशको सर्वसम्मत निर्णय

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले महासंघको आसन्न आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय भएको हो । प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरियो ।

बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरूको सहभागिता थियो ।

सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उमेद्वारीलाई सबै सदस्यहरूले सर्वसम्मत रुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद व्यक्त गरे ।

श्रेष्ठले उद्योगीहरूको समस्या र चुनौतीहरूलाई समाधान गर्न आफु लागिपर्ने बताए । ‘गण्डकी प्रदेशका उद्योगी साथीहरूले मलाई सर्वसम्मत उम्मेदवार बनाउनुभएकोमा धन्यवाद दिन्छु । उहाँहरूको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु,’ श्रेष्ठले भने ।

यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आशन्न ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

मार्चमा भित्रिए ३ वर्ष यताकै धेरै पर्यटक Read Previous

मार्चमा भित्रिए ३ वर्ष यताकै धेरै पर्यटक

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी